Hikmat Acharya
  • २ कात्तिक २०८१, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

कैलालीमा ८० प्रतिशत मानिसले सेवन गरे हात्तीपाइलेको औषधि


कैलालीमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान अन्तरगत ८० प्रतिशतले औषधी सेवन गरेका छन ।

अभियान सञ्चालन भएको १५ औँ दिनसम्म ८०.०७ प्रतिशतले हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन गरेका हुन ।

जिल्ला स्वास्थ्य कार्यालयका अुर कैलालीमा ९ लाख २६ हजार ८९० जनामध्ये ७ लाख ४२ हजार २ सय ७ जनाले हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन गरेको जिल्ला स्वास्थ्य कार्यालयका हात्तीपाइले रोग फोकल पर्सन मीनबहादुर धामीले बताएका छन ।

१० औं पटकसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सफल हुन नसकेको कैलालीमा ११ औं पटकको अभियान जारी छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मोहन्याल गाउँपालिकामा १८ हजार ७८४, चुरे ाउँािकामा १७ हजार ६४५, गोदावरी नगरपालिकामा ८३ हजार ७३५, गौरीगंगा नगरपालिकामा ५३ हजार २०३ जनाले औषधि खाएका छन् ।

यसैगरी, घोडाघोडी नगरपालिकामा ६५ हजार ७८२, बर्दगोरिया गाउँपालिकामा ३३ हजार १९७, लम्कीचुहा नगरपालिकामा ७३ हजार ३८१, जानकी गाउँपालिकामा ३७ हजार २३७ जनाले औषधि खाइसकेको जनाइएको छ ।

यस्तै, जोशीपुर गाउँपालिकामा ३० हजार ४५०, टीकापुर नगरपालिकामा ८० हजार २३६, भजनी नगरपालिकामा ४४ हजार ४७, कैलारी गाउँपालिकामा ४१ हजार ४ जनाले हात्तीपाइले रोगविरुद्धको औषधि खाएका छन् ।

दुई लाखभन्दा बढी जनसंख्या रहेको धनगढी उपमहानगर पालिकामा एक लाख ६३ हजार ३०६ जनाले हात्तीपाइले रोगविरुद्धको औषधि खाइसकेका छन् ।

यसैबीच सरकारले हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने अभियानको अवधि पाँच दिन थप गरेको छ । फागुन २५ गतेसम्मका लागि मात्र तोकिए भएपनि अब फागुन ३० गतेसम्म हात्तीपाइले रोगवरुद्धको औषधि खुवाइने भएको छ ।

 


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode